चैत २४, प्युठान । भनिन्छ अरुको भलो चिताउने र सतकर्म गर्ने मान्छेले जीवनमा अवश्य कर्मको फल प्राप्त गर्दछ । ठिक त्यस्तै मरन्ठानाका एक ब्यक्ती हुन अरुको भलो चिताउने र सतकर्म व्यक्ति।

प्युठान नगरपालिका ९ मरन्ठाना बुढादेबि निबासी हाल साउदी अरबमा रोजगारी गर्दै आएका सुर्य बहादुर के सि ले गरिबलाई बिगत देखि नै बिपन्न ब्यक्तिलाई सहयोग गर्दै आएका छ्न।
प्युठान नगरपालिका ९ मरन्ठाना बुढादेबिका युवा सुर्य बहादुर के सि ले सोही नगरपालिका मरन्ठाना बेवरे , मरेङ्गमा बस्ने दैनिक छाक टार्न मुस्किल परिरहेकालाई १० हजार रकम बराबरको खाद्यान्न सहयोग गरेका छन ।
सहयोग पाउनेमा सिवा सुनार -बेवरे ,ललिता सुनार- बेवरे, टङ्क बहादुर नेपालि-बेवरे, दुर्गा घर्तिमगर- मरेङ्ग, जिवा सुनार- मरेङ्ग रहेका छ्न ।
‘यो वर्गलाई हामीले नहेरे कसले गर्छ। कोही पनि भोकभोकै मर्नु त भएन नि’, सोमबार , कामना डेलिको सम्पर्कमा आएका के सि ले सुरुमै भने। उनले आफ्नै वडाबासीलाई मात्र सहयोग गर्न खोज्नु पछाडिको कारण पनि छ। नजिकैको मान्छे हुने भएकाले साच्ची नै गरिब हो की होइन भनेर चिन्न पनि सजिलो हुने बताउँछन्।
यस्तो बेलामा गरिब नै हो भनेर प्रमाणित नै गरेपछि सहयोग नगर्ने भन्ने कुरा त आउँदैन। तर वास्तविक गरिब नै सम्पर्कमा आइदियोस् भन्ने अपेक्षा हुन्छ’, के सि भन्छन्। घर नै मरन्ठाना नै भएका के सि गाउँमै जन्मेहुर्केका हुन्। यस क्षेत्रमा ज्याला मजदुर गरि धेरै परिवार बस्ने उनी बताउँछन्।
जनतालाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ। सरकारले दैनिक उपभोग्य सामग्रीको अभाव नहुने दाबी गरिरहे पनि निजी क्षेत्रबाट सञ्चालित त्यस्ता सेवाहरु लगभग ठप्पजस्तै छन्। खुलै भएपनि यो पैसा हुनेहरुका लागि मात्र हो। तर, दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्दै आएका तथा ‘काम हुँदा खाने र नहुँदा भोकै बस्नुपर्ने’ अवस्था भएकालाई सक्ने जतिले सहयोग गर्न आबश्यक छ के सि ले बताए। आखिर मरेर के लानु छ र, सक्ने जति सबैले गरौँ’, के सि को आग्रह छ।
कस्तो सहयोग गरे त के सि ले ?
परिवारअनुसार कम्तिमा एक महिनाका लागि चाहिने दाल, चामलसहितका अत्यावश्यक सामग्री सहयोग गर्छु।’ लामो समय सम्म लकडाउन भएकाले त्यसपछि परिस्थिति सहज हुने उनको अपेक्षा छ। घरनजिकै किराना पसल भएकाले त्यहीँबाट के सि को श्रीमति बिष्णा के सिले २ सय के जि चामल, नुन ,तेल ,चाउचाउ दाल लगायत सामग्री प्रदान गरेकि छिन ।
सामाग्री हस्तान्तरण गर्दै के सि ले “अहिले सरकारले घरबाट ननिस्कन भनेको छ। यस्तो अवस्थामा गरिब ,परिबार तथा दैनिक मजदुरि गर्ने ब्यक्तिलाई रोजिरोटिको ब्यबस्था गर्न सरकारको जिम्मेवारी हुने भएपनी यस स्थानका मजदुरलाई हाल सम्म कुनै सहयोग नहुनुमा दुखेसो व्यक्त गरिन।
उनले भनिन आफू सम्पन्न भएर होईन घर बचाएर आफूले यस्तो सहयोग गरेका हौं अन्य ब्यक्तिहरुले पनि आ-आफ्नो क्षेत्रमा गरिबहरुका लागि यस्ता सहयोग गरुन भन्ने हो।
आफूसँग केही नभएको कारण समाज तथा नातेदारहरुसँग सहयोग लिएर दैनिकी चलाउदै, आयश्रोतको रुपमा ज्याला मजदुरी गर्दै दैनिक गुजारा गर्दै आइरहनुभएकी जिवा घर्तिमगर सहयोग पाउदा निकै खुशी भएकी छिन ।
आफूले ज्यालादारीमा काम गरेर जसो तसो परिवाको २ छाक टार्ने काम गर्ने गरेको छु’, अर्कि सिवा सुनार भन्छिन्,काम गर्न पनि पाउदैन कसरी आफु र छोरालाई बचाउने,उहाँले यति सहयोग गर्नु भएका धन्यवाद छ।”
दैनिकी दिनदिनै कष्टकर बन्दै छ। अलि अलि भएको पैसा पनि सकिसक्यो। अब के खाने? परिवारलाई कसरी पाल्ने? सरकारले गरिब जनताको चुलो बलेको छ कि छैन भनेर पनि हेर्नु पर्यो’, राहत लिदै अर्कि ललिता सुनारले गुनासो गरिन उनीजस्ता हजारौँ परिवार अहिले खाद्य संकटसँग जुधिरहेका छन्।
कोरोना भाइरसको त्रास र लकडाउनका कारण दैनिक रोजिरोटीको अवसर गुमाएर घरभित्र सीमित हुन पुगेका ‘गरिब जनता’ यतिबेला कोरोना प्रभावित सबै देश अर्थात विश्चभर चासो र चिन्ताका विषय बनेपनि यश क्षेत्रका बिपन्न परिबार कोरोना भाइरसको प्रभाव सुरु भएयता सरकारी र निजी क्षेत्रबाट गरिब जनतालाई लक्ष्यित कुनै ‘सहुलियत’ तथा ‘सेवामूलक’ कार्यक्रमहरुमा संलग्न छैनन् र ती गरिब परिबारका लागि उनले दयालु हात अगाडी बढाए पछि गरिब परिबार खुशी देखिएका छन।
बिपन्न परिबारलाई यस्तो सहयोग गरेको गरे लगत्तै धन्यवाद दिनेको ओइरो लागेको थियो।
एउटा समुदायलाई कोरोना लाग्ला कि भन्ने डर छ भने अर्कोलाई त्यति मात्र होइन, भोकभोकै मरिएला कि भन्ने पनि छ। ‘हुँदा खाने’ समुदाय कोरोनाको दोहोरो चपेटामा परेको हो। ज्यालादारी गरेर दैनिक छाक टार्ने यो समुदाय यतिबेला घरबाट बाहिर निस्कनै नमिल्ने यो परिस्थितिमा सबैको ध्यान जान जरुरी छ।