चैत २३, बर्दिया । बिश्व महामारीका रूपमा फैलीएको कोरोना भाइरस (कोभिड १९ ) का कारण देशभर लकडाउनको अवस्था रहेको छ। बारबर्दियामापनी लकडाऊन कारण दैनिक मजदुरी गर्ने को अवस्था दयनीय रहेकोले एनआइसि बैंक मगरागाडि शाखाले बारबर्दिया नगरप्रमुख लाई एक लाख को अत्यावश्यक खाद्यान्न सामाग्रि आइतबार हस्तान्तरण गरेको छ।

सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले न्यून आम्दानी भएका अति विपन्न, सिमान्तकृत परिवारहरुलाई मध्यनगर गर्दै दैनिकउपभोग्य सामग्री उपलब्ध गराएको मगरागाडि शाखाका प्रमुख रोहित कुमार बिष्ट ले बताए।

यस सहयोगप्रति नगरप्रमुख दुर्गा थारु ‘कबिर’ले बैंक लाई धन्यवाद ज्ञापन गर्दै सरकार मात्र नभई हरेक नेपाली संघ संस्था एवंनागरिकको संयुक्त प्रयास र योगदानले मात्र उक्त महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई नगरमा सक्रिय एटिएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।