चैत २२, काठमाण्डौं । बर्दियाबाट काठमाण्डौंमा आइ ज्याला मजदुरी गर्ने श्रमिकलाई बर्दियाका युवा उद्यमी तथा समाजसेवीहरुले राहत स्वरूप खाद्यान्न सामाग्री वितरण गरेका छन ।

युवा समाजसेवी तथा नेकपा बर्दिया जिल्ला कमिटी सदस्य हरिस देब गौतम, राष्ट्रिय युवा सङ नेपालका केन्द्रीय सदस्य शिव रिमाल युवा संघ कै अन्य नेताहरु महेन्द्र बिष्ट, प्रबेस महत र टिकाराम जैसी लगायतले शुक्रबार काठमाण्डौंको कपन, महाराजगन्ज र ठमेल आसपासमा रहेका करिब १०० जना मजदुरहरुलाई राहत स्वरुप सहयोग उपलब्ध गराएका थिए । राहतमा दाल,चामल,नुन,तेल र मसलाको खाद्यान्न सामाग्री वितरण गरेको हो ।

बर्दियाबाट काठमाडौं आई दैनिक ज्यालादारीमा काम गरिरहेका श्रमीकहरुलाई कोरोना भाइरस (कोभिड १९) का कारण भोकै बस्न नपरोस भन्नका लागि खाद्यान्न सामाग्री वितरण गरिएको युवा समाजसेवी तथा नेकपा बर्दिया जिल्ला कमिटी सदस्य हरिस देब गौतमले जानकारी दिए । राहत सहयोग आगामी दिनमा पनि निरन्तर रहने गौतमले भने ।
राहत पाए पछी मजदुरहरुले गौतमको समुहलाई धन्यवाद दिएका थिए । मजदुरी गरेको पैसा पनि सकिएको र रासन किन्न पनि नपाएको अवस्थामा पाएको यो सहयोगले हामीलाई धेरै खुशी लागेको एक श्रमिकले बताए ।