• २०८३ बैशाख ५ गते शनिवार

महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुखले गरे प्रहरीलाई तातो पानी खाने व्यवस्था

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं । महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक भरत बहादुर बि.क.बाट कार्यालयका मातहतमा रहेका ५ वटा युनिटहरु महानगरीय प्रहरी प्रभाग बालुवाटार, महानगरीय प्रहरी बिट गहनापोखरी, महानगरीय प्रहरी बिट कालोपुल, महानगरीय अस्थायी प्रहरी बिट हात्तिसार र महानगरीय अस्थायी प्रहरी बिट प्रज्ञा भवनमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पिउनका लागि तातो पानीको व्यवस्था गरेका छन ।

हाल विश्व भर बिक्राल रुपमा फैलिरहेको कोरोना सक्रमणलाई मध्यनजर राखी मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई यस्तो अवस्थामा प्रशस्त मात्रामा चिसो पानी भन्दा तातो पानी पिउदा स्वास्थ्यलाई अधिकतम लाभ हुने देखिएकोले तातो पानी सेवनको लागि वृत्तमा Water Dispenser र मातहतका कर्मचारीहरुको लागी ५ र ६ लिटर क्षमताको थान ५ पानी तताउने कित्ली वितरण गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस