• २०८३ बैशाख १७ गते बिहिवार

व्यवसायी पौडेल दाजुभाईले गरे अति गरिब तथा विपन्न वर्गलाई राहत वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २०, बुटवल । बिभिन्न समयमा सामाजिक काम गर्दै आएको बुटवल१२ तामनगर मा रहेको हिमचुली पार्टी प्यालेस एण्ड रेस्टुरेन्ट प्रा.लि.ले बिहान बेलुका छकटार्न गारो भएको अति गरिब तथा विपन्न वर्गलाई राहत वितरण गरेको छ ।

पार्टी प्यालेसका संचालक सामाजिक व्यक्तित्व कृष्ण पौडेल र भुपेन्द्र पौडेलले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामको लागि देशमा जारी गरिएको लकडाउनको पालना गर्ने क्रममा दैनिक ज्याला मजदुरी गरी खाने विपन्न नागरीकमा पर्न गएको मर्कालाइ मध्यनजर गर्दै वुटवल १२ तामनगरको हरियाली टोल विकासमा रहेका अति विपन्न वर्गका ६३ घरपरिवारलाई विहिबार खाद्यान्न वितरण गरिएको हो । जसमा परिवारको संख्या अनुसार चामल, दाल,तेल र नुन वितरण गरिएको संचालक कृष्ण शर्माले जानकारी दिनुभयो ।

यसैगरी बुटवल वडा नं.१६ का अध्यक्ष तथा बुटवल उ.म.न.पा.का प्रवक्ता रामप्रसाद रेग्मीलाई हिजो र आज गरि २४ सय थान मास्क वितरण गरिएको संचालक कृष्ण पौडेलले बताउनु भएको छ साथै भोलि पनि बुटवल १५ सेमलारका ५३ विपन्न घरपरिवारलाई पनि राहत वितरण कार्यक्रम रहेको अर्का संचालक भुपेन्द्र पौडेलले बताउनुभयो ।

बुटवल १२ का वडा अध्यक्ष सुबेदिले विश्व महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसबाट विश्व आक्रान्त भइरहेको अवस्थामा आफ्नो स्वास्थ्यलाई ख्याल गरी सचेतन रहन आग्रह गर्दै विपन्न परिवारको मर्कालाई मनन गर्दै हिम्चुली पार्टी प्यालेसले खाद्यान्न वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै नेपालीको समस्यालाई नेपालीले नै बुझि सहयोग गर्नु अत्यन्तै प्रंशसनीय र अनुकरणीय कार्य रहेको बताए ।

बुटवल उ.प.म.न.पा.वडा नम्बर १२ का वडा अध्यक्ष दुर्गा सुबेदिको समन्वयमा भएको खाद्यान्न वितरण कार्यक्रममा तामनगर खानेपानीका सचिब रुपेश पौडेल,नयागाउ प्रहरी चौकिका नायब प्रहरी निरीक्षक गोकर्ण चौहान साथै सहयोगी साथीहरु राम्जी न्यौपाने, अनिश भुसाल ,रामु सुबेदि, केशव न्यौपाने, दिपक थापा लगायतको सहभागिता रहेको थियो ।भुपेन्द्र र कुष्ण पौडल ले यस भन्दा अगाडि पनि बिभिन्न क्षेत्रका गरिव दुखिलाइ सहयोग गर्दे आएका थिए द्धोय पौडल व्यवसायी सगै समाजिक क्षेत्रमा लामो समय देखि कृयासिल छन ।

Sharing

प्रतिक्रिया दिनुहोस