चैत १७, हापुरे । बबई गाउपालीका ५ हापुरे पदमपुर सामुदायिक वन नजिकैको एक घर आगलागी भएको छ । बबई ५ हापुरे निवासी मंगता कामीको एकछाने घरमा आगो लागेको हो । मध्यान्नको समयमा लागेको आगो अहिले नियन्त्रणमा आईसकेको ईलाका प्रहरी कार्यलय हापुरेका प्रहरी नायव निरिकक्षक देबराज वलीले जानकारी दिनुभएको छ ।
आगलागीबाट १ लाख २५ हजार बरावरको अन्न पात तथा एक छाने घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । दिउसो १ बजेबाट लागेको आगलागीलाई दिउसो ३ बजेतिर प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा लिईएको हो ।आगलागीमा मानविय क्षति नभएको ईलाका प्रहरी कार्यलय हापुरेले जनाएको छ ।
यसैविच बबई गाउपालीकाले अग्नी पिडितहरुलाई खाद्यान्न सामाग्री हस्तान्त्रण गरेको छ । बबई गाउपालीका वडा नं ५ का अध्यक्ष डम्वरबहादुर श्रीसले खाद्यान्न सामानग्ी हस्तान्त्रण गर्नुभएको हो । तत्कालका लागी दाल चामल ,कम्वल लगाएतका सामाग्री अति आवश्यक समाग्री उपलव्ध गराएको वडा अध्यक्ष श्रीसले जानकार दिनुभएको छ ।