• २०८३ असार १२ गते शुक्रवार

कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, बुटवल । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना(४ सिसौडाडा बस्ने ३४ वर्षका बाबुराम थापा क्षेत्रीको दोस्रो स्वाब परीक्षणको रिपोर्ट सोमबार दिउँसो आएको हो । सामान्य जाँचपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएका मृतक थापाका एक श्रीमती र दुई छोरा छन् । थापाको शव अस्पतालमै रहेको छ ।दुबईमा ट्याक्सी चालक रहेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस