चैत्र १४, जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकाले कोरोना भाइरस सम्बन्धी कडाइ गरेको छ । गाउँपालिकाले छिमेकि देश बाट भित्रिएका स्थानीयमाथी गाउँपालिकाले कडाइ गरेको हो । गाउँपालिका भित्रका अधिकांस नागरीक छिमेकि राष्ट भारतको भरमा निरभर रहदै आएका छन । विश्व ब्यापि रुपमा फैलिएको भाइसर लाई मध्यनजर गरी गाउँपालिकाले सतर्कता अपनाएको गाउँपालिका कार्यबाहक अध्यक्ष शिवा आचार्य बस्नेतले जानकारी दिइन ।

केहि दिन पहिले भारत बाट सयौंको संख्यामा नेपाल प्रबेश गरेका नेपालीलाइ नेपालगञ्ज महेन्द्र बहुमुखि क्याम्पसमा क्वाराइन्टाइन निर्माण गरी राखिएको थियो । तर उक्त क्वाराइन्टाइन लाई तोडफोड गरी सयौंको संख्यामा फरार रहेका थिए । फरार मध्य ११ जना भेरी नगरपालिकामा भेटिएका थिए । लगतै जिल्लाको जुनिचाँदे गाउँपालिकामा समेत फेला गर्न थालेका छन । गाउँपालिकामा अहिले सम्म कति संख्यामा भित्रिएका हुन एकिन भएको छैन । गाउँपालिका बिभिन्न वडामा भारतबाट आएका नागरीकहरु लुकेर बसेको स्थानीयको भनाइ छ । गाउँपालिकाले बिभिन्न ठाउँमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ । गाउँपालिकाले तिन ठाउँमा स्वास्थ्य परिक्षण गरिरहेको स्वास्थ्य तथा सरसफाइ शाखा स्वास्थ्य सह—संयोजक योज्ञेश्वर बस्नेतले बताए गाउँपालिका भित्रिने नागरीकलाइ स्वास्थ्य परिक्षण गरी प्रामर्श सहित आफनो काम अगाडि बढाएको बस्नेतको भनाइ छ । गाउँपालिकामा ४६ जना स्वास्थ्यकर्मीहरु परिचालन गरेका छौं । सबै वडाहरुमा जनताको स्वास्थ्य परिक्षण तथा परामर्शको लागी नियमियमित लागिपरेको उनको भनाइ छ ।

गाउँपालिका बिभिन्न नाकाहरुलाइ समेत कडाइ गरिएको बस्नेतको भनाइ छ । स्वास्थ्य परिक्षण संगै आवश्यक औषधीर ल्याउने कार्य जारी रहेको जुनिचाँदे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शर्बदल शाहीले जानकारी दिए । गाउ्रँपालिका भैरव मा.वि मजकोट,नारायण मा.वि काप्रा. आदर्शमाबि लुहादह, सरस्वती आ.वि मटेलामा क्वाराइन्टाइन कक्ष स्थापनाको तयारी भैरहेको शाहीको भनाइ छ । यस्तै जुनिचाँदे गाउँपालिका मजकोटमा ४ जना बाहिर देश बाट आएको पुष्टी भएको छ । आउनेहरुमा जुनिचाँदे २का नन्द बहादुर पुरी,तिलक पुरी कतार बाट भएको वडा अध्यक्ष राम बहादुर नेपालीले जानकारी दिए । यस्तै मान बहादुर नाथ,शान्त बहादुर नाथ भारत बाट भागेर आएको अध्यक्ष नेपालीले जानकादिए । इलाका प्रहरी कार्यालय पञ्चाला दहको सहकार्यमा ४ जनाको पुष्टी भएको उनको भनाइ छ । भेरी नगरपालिकामा भेटिएको जानकारी आए पछि जुनिचाँदेमा समेत निग्रानि बढाईएकोमा ४ जना मात्र पहिचान भएको उनको भनाइ छ । घरदलो अभियान अनुसार गाउँमा थप आएकाहरुलाइ खोजिकार्य जारी रहेको अध्यक्ष नेपालीले जानकारी दिए । यस्ते गाउँपालिकाको ९ पञ्चालामा १२ जना भारत बाट आएको पाइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शाहीले जानकारी दिए । वडा अध्यक्ष राम बहादुर शाहीले गराएको जानकारी अनुसार १२ जना पुगेको जानकारी पाएको अधिकृत शाहीले जानकारी दिए ।
यस्तै गाउँपालिका ११ कोर्तागमा १० जना भारत बाट भागेर आएको स्थानीयले जानकारी दिएका छन । स्थानीयका अनुसार अहिले सम्म गाउँपालिका सबै वडामा अबैधरुपमा भारतबाट भित्रीयको गुनासो गरेका छन । गाउँपालिकामा आएका ४ जना बाहेक अन्यको नाम अहिले सम्म नखुलेकोमा खोजिकार्य जारी रहेको कार्यबाहक अध्यक्ष आर्चायले जानकारी दिइन । गाउँपालिकामा भित्रियका नागरीकलाइ शुक्रवार घरमै पुगेर छुटटै कोठामा बस्न आग्रह गरिएको शनिवार देखि बिद्यालयमा बसाल्ने तयारी भैरहेको आचार्यले जानकारी दिइन ।
घरघरमा साबुन बितरण
जिल्लाको जुनिचाँदे गाउँपालिकाले घर घरमा साबुन बितरण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले सबै वडामा साबुन बितरण कार्य जारी राखेको छ । गाउँपालिका स्वास्थ्य शाखाले सरसफाइलाइ मध्यनजर गाउँपालिका ११ वडामा सावुन बितरण अभियान जारी राखिएको प्रमुख प्रशासकिय अधिकृत शर्बदल शाहीले जानकारी दिए । गाउँपालिका सम्पूण घरहरुमा सावुन अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले सावुन बितरण संगै प्रचार प्रशारलाइ समेत अगाडी बढाएको छ । गाउँपालिकाले सबै वडामा पम्पलेड माइक सहित भाइरस बाट बचनको लागी घरदैलो अभियान सञ्चालन गरेको छ ।
उद्योग बाणिज्य संघले घरभाडा नलिने घोषणा
जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटले लग डाउन समयमा घर भाडा नलिने घोषणा गरेको छ । बाणिज्य संघ जाजरकोटले सरकारले लगाएको लगडाउनको समयमा कुनै ब्यक्ति बाट भाडा नलिने घोषण गरेको हो । संघका सम्पुर्ण कार्यसमितिले कुनै सदस्यले कसनै ब्यक्ति भाडा नलिने निर्णय भएको जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्रीले जानकारी दिए । यतिबेला सबै आमदानिका स्रोतहरु थप्प भएकोले आम ब्यापारी तथा नागरिकलाइ राहातको महसुर होस भन्नको लागी यस्तो घोषणा गरिएको उनको भनाइ छ । संसार कोरोना भाईरको जोखिमको जलदलमा फसेको बेला संघले मानबिय धर्मको पालना गर्दै यस्तो घोषणा गरेको खत्रीले जानकारी दिए ।हामीले गरेको यो अभ्यास लाइ सबै जाजरकोटी घरधनीहरुले यो अभियानलाइ साथ दिन समेत अध्यक्ष खत्रीले आव्हान गरेका छन । ं साथै बाणीज्य संघ जिल्लाका केहि स्थानीय तहलाइ माक्स समेत सहयोग गरेको छ । बजारमा माक्सको अभाव भएको बेला संघले ३ हजार थान माक्स बिभिन्न ठाउँमा हस्तान्तरण तथा बितरण गरेको छ ।