• २०८३ बैशाख २४ गते बिहिवार

कोरोना भाइरससँगै समाजमा फैलिएको त्रास र रोकथामका लागि चालिएका कदमहरु

खिमराज गिरी पढ्न लाग्ने समय : ६ मिनेट

चैत्र १४,काठमाडौं । चीनको बुहानमा ३१ डिसेम्वर, २०१९ मा देखा परेको कोरोना भाइरस (कोभिड १९) हाल विश्वका करिव एक सय असी राष्ट् भन्दा बढि देशमा फैलिएको विशेषज्ञहरुले बताएका छन् । हालसम्म नेपालमा यो भाइरस कसैमा नदेखिएको भनिएता पनि फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षिय युवतीमा सँक्रमण देखिएको र हाल उनको उपचार टेकु अस्पत्तालमा भइरहेको जानकारी आएनुरुप नै सरकारले यहि चैत्र ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

नेपालमा पनि यसको सँक्रमण देखिन थालेसँगै यस भाइरस विरुद्धमा सरकारको तर्फबाट विभिन्न पहलहरु भइराखेको छ र त्यसमा पनि तपाई हामी जनता स्वयं सजग र सचेत भई सरकारी आदेश तथा विभिन्न चिकित्सकहरुको भनाईलाई मध्यनजर राखि अत्यावश्यक कामवाहेक घर वाहिर ननिस्कनु नै उत्तम उपाए हो किनकी हाम्रो छिमेकी मुलुक चीनबाट फैलिएको हुनाले हामी एक आपसमा सतर्क रहनै पर्ने हुन्छ । विश्वका शक्तिराष्ट्हरुसमेत यस भाइरसबाट त्रसिद भएको वेला विकासोन्मुख देसहरुमा त झन चिन्ता हुनु स्वभाविकै हो ।

संघीय सरकारले देशभर लकडाउन गरेसँगै देसमा भएका विभिन्न तहका सरकारहरुले जनताको स्वास्थ्यप्रति विशेष ध्यान दिई कुनैपनि सभा सम्मेलन गर्न, सार्वजनिक कार्यक्रमहरुमा जान तथा अत्यावश्यक कामबाहेक घरबाट अन्यत्र नजानको लागिसमेत अनुरोध गरिसकेका छन् यसैगरी काठमाण्डौको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिकाले पनि संघीय सरकारले लक डाउन गर्नुभन्दा अगाडि नै आम नगरवासीहरुको स्वास्थ्यप्रति ध्यान दिदै कुनैपनि सभा सम्मेलन गर्न, र अति महत्वको कामवाहेक अन्यत्र नजाने र गइहालेपनि माक्सको प्रयोग अनिवार्य गर्ने गरी परिपत्र नै जारी गरेको थियो । यस्तै परिपत्र देशका प्राय स्थानिय, प्रदेश तथा संघिय सरकारले पनि जारी गर्दा गर्दै पनि आम नागरिकको वेवास्थाका कारण अहिले सरकारले बाध्य भएर यो कदम चालेको छ तै पनि अझै कतिपय नागरिकहरुमा चेत नआएर सवारी साधन चलाउने, बाहिर जता मन लाग्यो उतै जाने, मानिसहरु भेला भएर बस्ने आदि कारणले कर्यौ जना मानिसहरुको सवारी साधन नै उपत्यका टफिक प्रहरीले सिज गरेको अवस्था छ । त्यसैले वर्तमान अवस्थामा हामी कति सजग र सचेत हुनुपर्दछ भन्ने कुरा तपाई हामी सवैले आफुले जानेका कुराहरु अन्य अनभिज्ञ व्यक्ति तथा समुदायहरुमा पनि जानकारी गराउनु नितान्त आवश्यक छ ।

हाल सरकारले कोरोना भाइरस परिक्षण गर्ने विभिन्न चरणहरु छुट्टयाएबमोजिम पहिलो चरण विदेसबाट आएकाहरुको परिक्षण, दोश्रो चरण विदेसबाट आएका आफन्तहरुको परिक्षण, तेश्रो चरणमा कहिँ कतै नगएका र विदेसबाट आएकाहरुसँगको सम्पर्कमा पनि नरहेकाहरुको परिक्षण र चौथो चरणमा महामारीको चरण । यसरी हाल विश्वका कयौं देशहरु पहिलो या दोश्रो चरणमा नै छन् र यसमा चीन र इटली तेश्रो र चौथो चरणमा गुज्रीसकेका छन् भने भारत तेश्रो चरणमा छ । यस्तै नेपाल पहिलो चरणमा छ । चीनले कोरोना भाइरसको पहिचान गर्ने समयसम्म तेश्रो चरण पार गरिसकेको थियो भने इटालीलाई यो भाइरसकोवारेमा पूरा जानकारी हुँदा हूँदै एशियामा फैलिएको कोरोना भाइरस युरोपमा आउँदैन भनेर भ्रममा परी त्यहाँका जनतालाई सचेत पनि गराइएन र आज इटालीको अवस्था बढो भयावह भएको छ । यसैगरी भारतलाई यस भाइरसवारेमा पूर्ण जानकारी हूँदा पनि त्यहाँका जनताको लापरवाही र हेलचक्याइको कारण आज यति छोटो अवधिमा भारत उपचारको तेश्रो चरणमा पुग्न वाध्य भएको छ । तसर्थ हामीले चीन, इटाली र अरु राष्ट्रबाट सिक्नुपर्ने पाठ के हो भने यो भाइरस संसारभरी दुर्त गतिमा पैmलिएकोले देसमा भएका सवै विज्ञहरुको साथ लिएर अगाडि वढ्नूपर्दछ । विश्वमा करिव १९००० जनाको मृत्यु भएको छ भने करिब डेढ लाख भन्दा वढि मानिसमा यसको संँक्रमण देखिएको र करिब एक लाख दस हजार भन्दा बढि मानिसहरु निको भएका छन् । आज विश्व यस भाइरसबाट आक्रान्त छ ।

भारतले २१ दिनसम्म लक डाउन गर्ने निर्णय गरेको छ । विश्वको यस परिवेसलाई हेर्दा नेपाल सरकारले यो रोगको विरुद्धमा चालेका जतिपनि कदमहरु छन् ती सह्रायिन छन तैपनि हामी सवै नागरिकको तर्फबाट पनि सरकारको यो प्रयासलाई साथ दिनु आजको आवश्यकता हो । हामी सवैले विषय विज्ञले दिएको सुझावलाई पालना गर्नुपर्दछ । हामी आफै सजग र सचेत हूनु अत्यन्त जरुरी छ । नेपाल सरकारलगाएत विभिन्न संघ संस्थाहरुले सजग र सचेतनाको कार्यक्रम अगाडि वढाइरहेका छन् । यो रोगले कसैलाई पनि नछोवस र छोइहालेपनि स्वस्थ होउन् । यसको संक्रमणले दीर्घ रोगी, बुढा बुढी, बाल बालिका आदिलाई अलि बढि नै आक्रमण गर्ने भएकोले उनीहरुको पनि नितान्त ख्याल राख्नु जरुरी छ ।

तर हाल मात्र चीनको एक दैनिक पत्रिकाले यस भाइरसको प्रभाव गत हप्ताको तुलनामा धेरै नै कम भएको र चीन यस मामलामा सफल भएको दावी गरेको छ भने यसको भ्याक्सिन निकट भविश्यमा उपलब्ध हुने कुरामा चीन सरकार आशावादी भएको तथा संसारका प्रायः विकशित देशहरु यो भाइरस विरुद्धको खोप आविश्कार गर्नको लागि तल्लिनरत भएकाले पनि आशा गरौं निकट भविश्यमा नै यो ज्यानमारा भाइरस विरुद्धको खोप उपलब्ध हुनेछ र समाजमा फैलिएको त्रास र अन्योलको वातावरण एक खुशियालीमा परिणत हुनेछ । जानकारका अनुसार यो रोगबाट बच्नको लागि बासी सडेगलेको माछा, मासु नखाने, खाँदा राम्रोसँग पकाएर खाने, तातोपानी प्रयोग गर्ने, भिडभाडबाट टाढा रहने, वाहिर जाँदा माक्सको प्रयोग गर्ने, हातमा पञ्जा लगाउने, हाच्छिउँ गर्दा र खोक्दा एक अर्कामा असर नपर्ने गरी भरसक टावल पेपरको प्रयोग गर्ने, त्यस्ता मानिसको नजिक वस्दा भरकस करिव एक मिटरको दुरी राख्ने, तातो पिरो तथा ताजा खाद्या बस्तुको प्रयोग गर्ने, सामाजिक संजालमा हल्ला फैलिएजस्तो अल्कोहलको प्रयोग नगर्ने, माछा मासु कम खाने, शाकाहारी भोजनमा जोड दिने, मन शान्त राख्ने र सँधै हाँसी खुशि रहने नै हुन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेकोले नै सरकारी तवरबाट उक्त संस्थालाई हरेक कुराको पँहुच पुर्याउनको लागि अनुरोध गरिसकिएको छ । एकातिर कोरोना भाइरसको त्रास समाजमा फैलिइराखेको वर्तमान अवस्थामा सामाजिक सन्जाल प्रयोग कर्ताहरुले समाजमा विभिन्न किसिमका अन्योल र त्रासको वातावरण सिर्जना गरेर मानसिक भाइरस डरलाग्दोरुपमा देखिँदै छ । यस्तै जटिल परिस्थितिको आकलन गर्दै उद्योग तथा व्यपारीहरुले दैनिक उपभोग्य सामानहरु जगेडा राखि कृत्तिम अभाव सिर्जना गरिरहेका छन् जसले गर्दा दैनिकजसो उपभोक्ताहरु विके्रताकै मनोमानी मुल्यमा बाध्यतावस् किन्नको लागि लाम वसिराखेको अवस्था छ । जसले गर्दा धनी मानी व्यपारीहरु रातारात मालामाल कमाउने धन्दामा लागेको आभास आम सर्वसाधारण मानिसले सामाजिक सन्जालमा फैलाएपछि सरकारले यस सम्बन्धमा आवश्यक कारवाही प्रकृया पनि अगाडि बढाइसकेको छ ।

वजारमा कृत्तिम मासको अभाव देखाई पच्चीस रुपैया पर्ने माक्सलाई दुई सय रुपैयासम्म किन्न उपभोक्तालाई वाध्य बनाइएको छ । त्यसैले भनिन्छ नि देसको अर्थतन्त्र यी दुई चार जना उद्योगी र व्यपारी दलालहरुले चलाएका छन् र जनताको दुखमा साथ दिनुको सट्टा कहिले संकट आइपर्छ र मौकामा चौका दाउ खेल्नुपर्दछ भन्ने मनस्थितिमा वसेका यी विचौलिया दलालहरुलाई सरकारले खोजि खोजि कारवाहीको दायरामा ल्याउन अत्यन्त आवश्यक भइसकेको छ । त्यसैले तपाई हामी सवैजना यस्ता दलाल घुसखोरीहरुको विरुद्धमा लागि केहि सुचना पाउनासाथ तत्कालै नजिकको प्रहरी प्रशासन या सम्बन्धित जनप्रतिनिधिहरुलाई जानकारी गराउनु पर्दछ । अन्यथा हाम्रो जस्तो अविकशित समाजको लागि यो कोरोना भाइरस भन्दा पनि अझ वढि सन्त्रास फैलिने भाइरस यिनै विचौलियाहरु हुनेछन् यदि तपाई हामी मुकदर्शक भएर वस्ने हो भने ।

Sharing

प्रतिक्रिया दिनुहोस