फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोश्रो पटक मृगौला प्रत्यारोपण हुदैछ, यस सन्दर्भमा नेताहरुले सामाजिक सञ्जाल मार्फत के के भने हामी जस्ताको त्यस्तै यहा प्रस्तुत गर्दैछौं ।
कृषि मन्त्री तथा नेकपा नेता घनश्याम भुषाल ” व्यक्तिकाे जीवनमा दाेस्राे पटक मृगौला प्रत्यारोपण र मुलुककाे प्रधानमन्त्रीकाे नेपाली अस्पतालमै हुने मृगौला प्रत्यारोपणले केही खास अर्थ राख्छन् । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीकाे सफल उपचार र शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।”
पर्यटन मन्त्री तथा नेकपा नेता योगेश भट्टराई ”सम्माननीय प्रधानमन्त्रीज्यू अनगिन्ती शुभकामना ! सिघ्र स्वास्थ्यलाभको कामना !!”
काग्रेस नेता गगन थापा ”प्रधानमन्त्रीज्यु नेपालको उत्कृष्ट अस्पताल , उम्दा क्षमताको चिकित्सक र स्वास्थ्यकर्मीको टोली, अनि तपाईंको गजबको आत्मविश्वास र हामी सबै नेपालीको शुभेच्छा, पूर्ण विश्वास छ स्वस्थ भएर चाडैं घर फर्कनुहुनेछ । हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं।”
नेकपा नेता सुर्य थापा ”सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, आजकाे दिन यहाँकाे दाेस्राेपटक मृगाैला प्रत्याराेपणकाे विशेष दिन । सिंगाे दुनियाँले व्यग्रतापूर्वक पर्खिरहेकाे दिन । तपाईकाे अँट, हिम्मत, संकल्प, स्वाभिमान र निर्णय अाज नेपाल राष्ट्रकाे परिचय र स्वाभिमान भएकाे छ ! समृद्ध नेपाल, सुखी नेपाली – राष्ट्रिय आकांक्षा, तपाईं नेपाल राष्ट्रकाे अविचल, दृढ र स्वप्नदर्शी मियाे !! त्यसैले त ३ कराेड नेपाली र सिंगाे नेपाली जाति तपाईंको पूर्ण स्वास्थ्यलाभ पर्खिरहेकाे छ, राष्ट्रकाे सुनिश्चित भविष्य र प्रतिष्ठा अभिवृद्धि एवं सफल नेतृत्वकाे लागि !!! हार्दिक शुभकामना, हृदयभरिकाे शुभकामना र सुस्वास्थ्यकाे शुभकामना ।”
राष्ट्रिय युवा संघका सह संयोजक रमेश पौडेल “मुर्झाएका सपनाहरु बिउताएर हामीलाई आषाको संचार गराउने जननायक कमरेड केपी ओली , तपाईको आंट, हिम्मत, संकल्प, स्वाभिमान र मनोबलले सबै कूरालाइ जितेको छ र अब पनि जितिरहने छ।आजको दिन यहाँको दोस्रोपटक मृगौला प्रत्यारोपणको दिन , हामी मनहरु दह्रो वनाएर महाराजगन्ज टिचिङ अस्पतालमा आखाहरु बिछ्याइ रहेका छौ । हृदयदेखि सुस्वास्थ्यको शुभकामना ।”
अनेरास्ववियु अध्यक्ष ऐन महर “राजनेताको मुस्कान सहित स्वास्थ्यलाभ गरेर फर्केको हेर्ने व्यग्र प्रतिक्षामा हामी करोडौं जनहरु”