• २०८३ मङ्सिर ३ गते बुधवार

आत्म सुरक्षाका लागि नेपालगञ्जमा महिलालाई तालिम दिइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाको महिला तथा किशोरीहरुको आत्मरक्षाका लागि तालिम सञ्चालन गर्ने भएको छ । किशोरी एवं महिलाहरुको आत्मसुरक्षा सम्बन्धी सिपको विकास गरी लैगिंक हिंसा न्यूनिकरण गर्ने प्रयोजनका लागि आत्मसुरक्षा तालिम सञ्चालन गर्न लागिएको महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिनुभयो ।

तालिममा १० देखि ५० वर्ष उमेर समुहका महिलाहरुको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिएको छ । तालिममा किशोरी एवं किशोरी समूहका सदस्य, बालक्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिक्ता दिइने उप–महानगरपालिकाले जनाएको छ । नेपालगञ्ज रङ्गशालामा फागुन २० देखि २४ गतेसम्म तालिम सञ्चालन हुनेछ । हरेक दन विहान ६ देखि १० वजेसम्म तालिम सञ्चालन हुने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस