फागुन १६, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त रहेको एआईजी पदमा तीन जनाको बढुवा सिफारिस भएको छ । रिक्त रहेको पदमा डीआईजीहरु तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो ।
मन्त्रालयका अनुसार लम्साल एक नम्बर, थापा दुई नम्बर र हरि पाल तेस्रो नम्बरमा बढुवा सिफारिस भएका हुन् । अबको ५ महिनापछि हाल बढुवा सिफारिस भएका मध्येबाटै एक जना आईजीपी बन्नेछन् ।
