फाल्गुन ३, प्युठान । प्युठान उद्योग बाणिज्य संघले आयोजना गर्ने स्वर्गद्वारी प्युठान चौथो महोत्सवको तयारी तिब्र पारिएको छ । जुम्रीमा पत्रकार सम्मेलन गरि उक्त कुरा सार्बजनिक सार्बजनिक गरिएको हो ।
पर्यटन वर्ष २०२० लाई केन्द्रित गर्दै पर्यटन प्रवर्द्धनमा यसपटकको महोत्सव केन्द्रित हुने महोत्सवका मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष केदारमान कक्षपतिले जानकारी दिए ।
उनका अनुसार पर्यटन वर्षलाई नै टेवा पुर्याउने हिसाबले आन्तरिक तथा बाहिय ब्यक्तिले प्रविधि तथा उत्पादकका स्टलहरू महोत्सवमा राख्नेछन् । प्युठान उद्योग वाणिज्य संघको आयोजनामा प्रत्येक ३ वर्षमा आयोजना हुने महोत्सव यही फाल्गुन ८ देखि फाल्गुन १८ गतेसम्म प्युठान नगरपालिका स्थित गणतान्त्रिक खेलमैदान बिजुवारमा हुँदै छ । महोत्सवको समयमा जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने व्यवस्था पनि मिलाइएको छ । यस वर्षको संस्करणमा प्युठानका पर्यटकीय स्थलहरू अवलोकन गर्न सकिनेछ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला–संस्कृतिको प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन २ सय ५० वटा स्टल रहनेछन् । यसपटक महोत्सवमा १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ८करोडभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकको छ । महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट र बिध्यार्थिका लागि छुट सहित ४० रुपैयाँ व्यवस्था गरिएको छ ।
महोत्सव बाट हुने आम्दानी बाट सम्पुर्ण खर्च कटाई बचत रकमबाट सुबिधा सम्पन्न सघको आफ्नै भबन निर्माण , कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने संघका महासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक कृष्ण भक्त गिरिले जानकारी दिए ।
महोत्सवको अहिले सम्म ५० प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ । मेला लाग्ने स्थल मिलाउने कार्य, स्टल बुकिङ्ग, संघ सस्थाहरु संगको सहकार्य तथा छलफल, प्रचार प्रसारलाई अहिले तिब्र परिएको छ ।
हरेक २ बर्षमा हुने स्वर्गद्वारी प्युठान महोत्सवले निरन्तरता पाए संगै यस बर्ष पनि महोत्सव सुरु हुन लागेको आयोजकले जनाएको छ ।
महोत्सवमा प्युठानमा लुकेको पहिचानको खोजी गरी प्रबर्द्धन गर्ने मुख्य उदेश्यका साथ यो महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर के सि ले बताए।
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यपार व्यवसाय, उद्योग र उत्पादनको प्रबर्द्धन गर्नुका साथै स्थानीय कृषि तथा पशुपालन, पर्यटन लगायत अन्य पेशा सगँ सम्वन्धित विभिन्न क्षेत्रको उत्थान गरी स्थानीय जनताको क्रयशक्तिमा बृद्धि गर्न महत्व दिने महोत्सवको रहेको वरिष्ठ उपाध्यक्ष के सि ले बताए ।
महोत्सव अवलोकनका लागि गाँउ गाँउ देखि देशका विभिन्न जिल्लाहरुमा प्रचार प्रसार तिब्र पारिएको भन्दै ११ दिन सम्म चल्ने महोत्सवले प्युठानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्म चिनाउने महत्वपूर्ण काम हुने आयोजकको दाबी गरेको छ ।
महोत्सवको उद्देश्य:
प्युठान बासीले सामना गर्नुपरेका चुनौती तथा सम्भावनाकाबारे सरकारको ध्यान आकर्षण गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको छ। साथै, समुदायमा आधारित गुणस्तरीय पर्यावरणीय पर्यटनको पनि प्रवर्धन होस् भन्ने चाहाना रहेको बताइएको छ ।
महोत्सवले राष्ट्रियस्तरको कार्यक्रम ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ सफल बनाउन पनि सघाउ पुग्ने आयोजकको अपेक्षा छ। आयोजकका अनुसार शताब्दीऔँ पुराना सांस्कृतिक तथा प्राकृतिक अदभूत सम्पदाहरूको संरक्षण गर्ने, प्युठानिको वर्तमान समस्याहरु उजागर गरी समाधान तथा दिगो विकासका लागि पहल गर्नका लागि यो महोत्सव गर्न लागिएको हो।
महोत्सवका आकर्षणहरू:
महोत्सवले यस क्षेत्रको सांस्कृतिक सम्पदाहरुको प्रचारप्रसार, संरक्षण र सम्वर्धनका लागि विशेष जोड दिनेछ।
२ सय ५० स्टल रहने महोत्सवमा जिल्लामा अवस्थित कृषि, मत्स्य, घरेलु उद्योग तथा कृषि उत्पादन, पशुपंक्षि, ठूला व्यवसायीक औधोगिक प्रतिष्ठानहरुका उत्पादनहरु रहने छन् भने आर्कषणका रुपमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति, वाल उद्यान, चिडियाखाना, विभिन्न ठाँउको अवलोकन, फोटो प्रदर्शनी,रहेको आयोजकले जनाएको छ ।
प्युठान जिल्लाका स्थानीय कला र प्रतिभा को प्रस्फुटन गर्दै जिल्ला स्तरीय लोक दोहोरी गित तथा एकल लोक नृत्य प्रतियोगिता ,ऐतिहासिक तथा परम्परागत सामाग्रीको प्रर्दशन एबम मौलिक खाना ,सस्कृती झल्काउने विविध झाकी , सराय नाच र हनुमान नचाउने ,जिल्लामा उत्पादित कृषि उपज घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादनको प्रदर्शनी धार्मिक तथा पर्यटकिय स्थलहरुको चिनारी ,आधुनिक सूचना तथा सञ्चार प्रबिधिहरुको प्रदर्शन , विभिन्न आकर्षक खेल र स्वर्गद्वारी मन्दिरको प्रतीक र पुजाको ब्यबस्था रहने छन्।
मेलाका लागि अहिले सम्म १ सय भन्दा बढी स्टलहरु बुकिङ भइसकेको छ । घरेलु उत्पादनलाई बजार सम्म पुर्याउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्नेमा आयोजकले विश्वास लिएका छन् । मेलाको मुख्य प्रयोजक ग्लोबल आइएम इ बैंकले गर्ने भएको छ ।
यस्तै महोत्सव सफल बनाउन यस क्षेत्रका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, पत्रकार, संघ सस्थाका प्रतिनिधिले महोत्सव सफलताका लागि सहयोग गर्ने प्रतिवद्धता सहित शुभकाना दिएका छन् । भने महोत्सव प्युठान बासिको अपनत्व हुने खालको बनाउनका लागि स्वार्थ भन्दा माथि उठेर संघले काम गर्नु पर्ने स्थानिय उत्पादन व्यवासय, कला, संस्कृतीको प्रर्वद्धन तथा महत्व दिनु पर्ने, स्थनिय व्यापार तथा ब्यवासयिहरुको मर्मअनुसार काम गर्नु पर्ने सुझाव दिएका छन् ।