• २०८३ जेष्ठ १७ गते आइतवार

बालबालिकालाई सुपोषित बनाउन स्वास्थ्य संस्थाले गर्यो सहयोग

 भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, दैलेख । कुपोषित बालबालिका लाई सुपोषित बनाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेबिका ले सहयोग गरेका छन्। दैलेखको बसन्तमाला स्वास्थ्य चौकि ना. न. पा.७ किमुगाउँमा महिला स्वास्थ्य स्वयम् सेबिकाले लिटो र स्वास्थ्यकर्मी ले अन्डा सहयोग गरेका हुन ।

बसन्तमाला स्वास्थ्य चौकि किमुगाउँमा जम्मा बच्चा ६४ मध्ये पुर्ण जोखिममा परेका दसिका खडका ,आर्या हमाल र निश्चल सिह रहेको हे. अ प्रेम बहादुर खड्का ले जानकारी दिए । जोखिम मा पर्न सक्ने ६ जना र सामान्य तौल भयका ५५ जना रहेको उनले बताए । यस्तै बालबालिकाको भबिस्य उज्वल बनाउने जिम्मा आमा बुबाको भएकाले पोषण युक्त खाना खुवाउन ज .स्वा. नि. प्रेम बिसुन्के ले आग्रह गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस