माघ , २८ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताएका छन् ।निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रम बोल्दै
प्रधानमन्त्री ओलिले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसँग केही विवाद रहे पनि सरकार निजी क्षेत्रलाई पेल्ने र बाँध्ने जस्तो तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताएका हुन् । उनले भने, ‘उत्पादन र उद्यमशीलता विकास गर्दै राज्यलाई योगदान गर्नुस् सरकार सदैव सहयोग गर्न तयार छ ।’
मुलुकका कुनै पनि निकायलाई सरकारले अप्ठ्यारो नबनाउने बताउदै उनले भने, ‘राज्यको कमिसनको लागि कसैलाई पनि अप्ठ्यारो बनाउँदैनाै । हामी लाेकतान्त्रिक व्यवस्थामा छाैं’, ‘तर सुशासन र लाेकतन्त्र तथा पारदर्शितामा सरकार सम्झौता गर्दैन ।’
नेपालबाट सबै वस्तु निर्यातको सम्भावना रहेको भन्दै उनले उत्पादनमा जोड दिन र आयात प्रतिस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्दै भने, ‘कानुनी अप्ठ्यारो छ भने व्यवसायी आफैंले कानुन ड्राफ्ट गर्नुस् छलफल गरौंला ।’