माघ २७, काठमाडौँ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस) ३३०० विमान चीन जाने भएको छ ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार उक्त जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन भएको छ । कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।