• २०८३ मङ्सिर २ गते मङ्गलवार

स्रोत नखुलेको पाँच लाख पचास हजार रूपैयाँसहित एक हुण्डी कारोबारी पक्राउ

सागर थापा (क्राईमबिट) पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, पर्सा । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी पूर्वी चम्पारण रक्सौलका ५० वर्षीय सुरेश महतो रहेका छन् ।

वीरगन्ज-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको पाँच लाख पचास हजार रूपैयाँसहित एक भारतीय नागरिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । बिआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई रक्सौलबाट वीरगन्ज आउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त रूपैयाँको स्रोत खुल्न नसकेपछि महतोलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस