• २०८३ जेष्ठ ४ गते सोमवार

आउदो चैत्र ९ गते देखि १५ गते सम्म बुटवलमा चक्र विज्ञान सप्ताह हुने

ईन्दिरा विश्वकर्मा/विमल भट्टराई पढ्न लाग्ने समय : ३ मिनेट

माघ २६, सुनवल । जीवन विज्ञान प्रादेशिक वृत्त ५ नं प्रदेशको आयोजनामा स्वस्थ , शान्त र समृद्ध जीवनका लागीे चक्र विज्ञान सप्ताह कार्यक्रम हुने भएको छ । शनिबार बुटवलमा बसेको जीवन विज्ञान प्रदेश नं ५को बैठकले एक कार्यक्रमका बिच आउदो चैत्र ९ गते देखि १५ गते सम्म बुटवलको होटल पौवामा चक्र विज्ञान सप्ताह हुने जानकारी सार्वजनिक गरेको हो ।

चक्र विज्ञान ब्यक्ति भित्र सुक्ष्म रुपमा रहेको चक्रहरुलाई जागृत गराई एउटा पुर्ण मानव निमार्ण गर्ने विज्ञान हो । मानव शरीरमा स्वास्थ्यसंग संबन्धित रहेको चक्र मुलाधार चक्र, सुख र खुसीको आधार स्वाधिष्ठान चक्र,साहस र ईच्छाशक्तिको चक्र मणिपुर चक्र, प्रेमको केन्द्र अनाहद चक्र,ज्ञानको केन्द्र विशुद्धि चक्र,संकल्पको केन्द्र आज्ञा चक्र र चेतनाको केन्द्र सहश्रार चक्र गरी ७ ओटा चक्रहरु रहेका हुन्छन् । ब्यक्ति भित्र सुक्ष्म रुपमा रहेका ती ७ ओटै चक्रहरुलाई जागृत गरी स्वनिर्भर अत्यन्तै क्षमतावान, प्रभावशाली, र सबल ब्यक्तित्व निमार्ण गर्ने उद्देश्यले आउदो चैत्र ९ गते देखि १५ गते सम्म चक्र विज्ञान सप्ताहको आयोजना गर्न लागिएको जीवन विज्ञान प्रदेश नं ५का संयोजक राधा शर्माले जानकारी गराउनुभयो । चक्र विज्ञान सप्ताह कार्यक्रमको सहजीकरण जीवन विज्ञान विशेषज्ञद्वय रमेश नेपाल र एल्.पि. भानु शर्माले गर्नुहुने उहाँले बताउनुभयोे ।

अलग अलग क्षमता बोकेका ७ चक्रबाट निर्मित मानव शरीरमा कुनै एक चक्रबाहेक बाकीँ रहेका ६ ओटा चक्रको भरमा मात्रै जीवन निवार्ह गर्न
खोजीएको खण्डमा जीवन अधुरो र अपुर्ण हुने जीवन विज्ञान प्रदेश नं ५का पुर्व संयोजक एंवम् सल्लाकार हरि प्रसाद पोखरेलले बताउनुभयो ।
मणिपुर चक्र सक्रिय भएमा ब्यक्तिमा साहस र ईच्छाशक्तिको क्षमतामा बृद्धि हुन्छ । मणिपुर चक्र लगाएत मानव शरीरका सवै चक्रहरुलाई मेडिकल साईन्स्ले ग्राण्ड सिस्टम ,ग्रन्थिको रुपमा हेर्ने गर्दछ । मणिपुर चक्रसंग संबन्धित ग्रन्थिले एडर््नल रस उत्पादन गर्छ , जसले ब्यक्तिमा साहस र ईच्छाशक्तिमा बृद्धि गराउछ , जो ब्यक्तिको मणिपुर चक्र सक्रिय छ तर मुलाधार चक्र या स्वास्थ्य सबल छैन,ज्ञानको चक्र, संकल्पको चक्र आज्ञा चक्र सक्रिय छैन र कर्ममा रुपान्तरण गर्न सकिरहेको छैन भने त्यो उर्जा भित्र भित्रै मरेर जान्छ , जसले गर्दा एडर््नल रस कटेश्वलको रुपमा जहरिलो बन्दै गएपछि ब्यक्ति तनावपुर्ण जीवन जीउन बाध्य हुन्छ ।

अहिलेको मानव समाज जीवनका विभिन्न क्रियाकलापहरुलाई ब्यवस्थित रुपले अगाडि बढाउन नसक्दा तनावपुर्ण जीवनशैली अपनाउन बाध्य रहेको छ । यसकारण चक्र विज्ञान कार्यक्रमको अत्यन्तै महत्व रहेको जीवन विज्ञान प्रदेश नं ५का पुर्व संयोजक पोखरेलले बताउनुभयो । उहाँले मानव जीनवको मुल केन्द्र नै चक्र भएकाले प्रदेश नं ५का समाजसेवी,शिक्षाप्रेमी,उद्योग ब्यवसायी,कर्मचारी,पत्रकार लगाएत सम्पुर्ण आमाबुवा,दाजुभाई,दिदीबहिनीहरुलाई स्वस्थ , शान्त र समृद्ध जीवनका लागी ७ दिने चक्र विज्ञान सप्ताह कार्यक्रममा सहभागी हुन आग्रह समेत गर्नुभएको छ । जीवन विज्ञान प्रदेश नं ५का संयोजक राधा शर्माको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जीवन विज्ञान प्रदेश नं ५का शिक्षक, प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस