• २०८३ मङ्सिर १४ गते आइतवार

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । आइतबार सम्पन्न महिला बास्केटबलको थ्री बाइ थ्री (३×३) विधामा रजत पदक जितेसँगै कर्णालीले प्रतियोगितामा पहिलो सफलता हात पारेको हो ।

आइतबार भएको फाइनल खेलमा कर्णाली प्रदेशले नौ अंक प्राप्त गर्दै रजत पदक जितेको हो । १३ अंकसहित नेपाल आर्मीले स्वर्ण पदक हात पार्दा एपीएफ क्लबले कास्य पदक जितेको छ । प्रतियोगितामा शनिबारसम्म कुनै पनि पदक जित्न नसकेको कर्णालीले आइतबार महिला बास्केटबलमार्फत पहिलो पदक प्राप्त गरेको हो । आफ्नै भूमिमा आयोजना भइरहेको राष्ट्रिय खेलकुदमा पदकविहीन बनेको कर्णालीका लागि यो सफलता महत्वपूर्ण बनेको छ ।

May be an image of one or more people, people playing basketball, crowd and text

यसैगरी महिला बास्केटबलको फुल कोर्ट (५×५) विधातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले स्वर्ण पदक जितेको छ । फाइनलमा एपीएफले ५७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा त्रिभुवन आर्मी क्लबले २९ अंकसहित रजत पदक जितेको छ । नेपाल प्रहरीले कास्य पदकमा चित्त बुझाएको बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले बताए ।

आयोजक कर्णालीले पहिलो पदक जितेसँगै प्रतियोगितामा थप पदकको आशा पलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस