मंसिर १३, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला तीन हजार १९५ रुपैयाँ रहेकोमा चाँदी आज तीन हजार २१५ रुपैयाँ पुगेको छ ।