• २०८३ मङ्सिर १२ गते शुक्रवार

सुनचाँदीको मूल्य आज पनि बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर ११, काठमाडौं । स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला रु तीन  हजार ३०० र असली चाँदी रु १२० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य रु तीन हजार १९५ कायम भएको छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस