• २०८३ मङ्सिर ९ गते मङ्गलवार

संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका चार समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने भएको हो । बैठकमा विभिन्न विधेयक, आयोजना तथा उजुरीमाथि छलफल हुने कार्यसूची छ ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि दफावार छलफल गरिनेछ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिने कार्यसूची छ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ । बैठकमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ । यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस