मंसिर ४, काठमाडौं । विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा बाटो तथा पुल पूर्ण रूपमा अवरोध भएका छन्। नेपाल प्रहरीको विवरणअनुसार आज बिहान ६ः३० बजेसम्मको अवस्थाअनुसार दुई जिल्लाका सडक तथा पुल अवरुद्ध छन् ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर २ र ३ स्थित सोतिदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरोध भएको छ । कालिकोट जिल्लाको पचालझर्ना गाउँपालिका वडा नम्बर ८ स्थित सिमखोला खण्डमा पहिरोका कारण कर्णाली करिडोर सडक पूर्ण रूपमा अवरोध भएको छ ।