• २०८३ मङ्सिर ४ गते बिहिवार

झापाको बाह्रदशीमा धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, झापा । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा धान काट्ने मेसिन र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार बाह्रदशी गाउँपालिका–३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी–२ का १७ वर्षीय अशोक राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस