मंसिर २, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । आज सुनको मूल्य तोलाको ६३ सयले घटेर तोलाको दुई लाख ६० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३४९० रुपैयाँमा कारोबार भएको थियो ।