• २०८३ कार्तिक ३० गते आइतवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५५७ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७२, सिसिटिभिमार्फत २७, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा १२, अवस्था ठिक नभएको १२ जना एकतर्फि २ जना र अन्यमा २१४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस