कात्तिक २६, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान पाँच खेल खेलेको पोखरा २ अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ । पाँच खेलबाट ४ अंक जोडेको कर्णाली तालिकाको सातौँ स्थानमा छ भने ७ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहेको छ ।
प्लेअफको सम्भावना कायम राख्न कर्णालीलाई आजको खेल जित्नैपर्ने दबाब छ । त्यसैले लुम्बिनीविरुद्धको खेल कर्णालीका लागि महत्त्वपूर्ण हुनेछ ।