• २०८३ मङ्सिर ४ गते बिहिवार

झापामा जमिनमुनिको डिजेल ट्याङ्की पड्किँदा आगलागी, एक जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, झापा। झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्। शनिबार साँझ करिब ७:३० बजे जमिनमुनि रहेको ट्याङ्कीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर लाइट डिजेल प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरमा लोड गर्ने क्रममा अचानक ट्याङ्की पड्किएपछि आगलागी भएको हो।

आगलागीमा परी टिफर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको जनाइएको छ। आगलागीबाट टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारीसमेत आगो नियन्त्रणमा लिन तथा थप फैलिन नदिन प्रयासरत छन्।

समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आइनसकेको जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस