माघ १६, धरान । धरान १८ स्थित वी.पी.को.स्वा.बि.प्रतिष्ठानको हाता भित्र पार्किङ गरी राखेको लु १७ प २८६१ न. को पल्सर मोटरसाईकल चोरी गर्ने पक्राउ परेका छन ।

माघ ०८ गते रातको समयमा चोरी भएको भन्ने सोही प्रतिष्ठानका प्रशिक्षार्थि डा. जितेश ठाकुरले प्रहरी कार्यालयमा हुलिया निबेदन दिएको आधारमा खोजतलाशको क्रममा माघ ०८ गते अन्दाजी राति १० बजे सुनसरी, धरान १५ खोरीयाबस्ती बस्ने बर्ष २१ को रितेश सुब्बालाई मोटरसाईकल सहित फेला पारिएको हो । उनलाई थप सोधपुछ गर्दा उनले मोटरसाइकल धरान-८ बस्ने बर्ष १९ को पवन बि.क.सङ्ग मिली चोरी गरेका हुन। उनिहरु दुबैलाई चोरी मुद्दामा अनुसन्धान भई रहेको डिएसपी ढुन्दिराज शर्माले बताउनु भयो ।