• २०८३ असोज २९ गते बिहिवार

नाै दिनमै क्यान बाेर्ड सदस्यबाट गुञ्जन शाहलाई हटाइयाे

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको नाै दिनमै नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यबाट हटाइएकाे छ । ‎प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो।

‎गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त शाहको मनोनयनलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीबाट समेत असन्तुष्टि प्रकट भएको थियो। ‎क्रिकेटको नीतिगत ज्ञान र व्यवस्थापकीय अनुभव नभएको व्यक्तिलाई नेपाली क्रिकेटको नियमनकारी संस्थाको बोर्डमा पठाइएको भन्दै उनको नियुक्तिबारे प्रश्न उठेको थियो।
‎
‎राखेपको सदस्यसचिवस्तरीय निर्णयबाट असोज १९ गते गरिएको मनोनयनको समाचार सार्वजनिक भएपछि उनको नियुक्तिबारे आलोचना सुरू भएको थियो।
‎

Sharing

प्रतिक्रिया दिनुहोस