• २०८३ असोज २८ गते बुधवार

बिमस्टेक बैठकमा प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं ।   प्रधानमन्त्री बालेन्द्र शाह बालेन आगामी मंसिर ७ र ८ गते भारत भ्रमणमा जाने तयारी भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसमेत सुरु गरिसकेको छ । यसैक्रममा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा बालेनको भारत भ्रमणबारे छलफल भएको छ ।

भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना समकक्षी अमित शाहसँग प्रधानमन्त्री शाहको भारत भ्रमणको बारेमा छलफल गरेका छन् । मंगलबार सम्पन्न भएको बिमस्टेक गृहमन्त्रीस्तरीय छलफलपछि गुरुङ र शाहबिच भेटवार्ता भएको थियो । भेटवार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल भएको स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस