• २०८३ असोज २७ गते मङ्गलवार

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं ।   साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन नेप्से सकारात्मक भई बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंक बढेर २५९९.९३ विन्दुमा पुगेको छ। सोमबार पनि ४ अंकले नेप्से बढेको थियो । सेन्सेटिभ इण्डेक्स २.३५ अंक, फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक बढेको छ।

१३ मध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक १.७७ प्रतिशत बढेको छ। बैंकिङ विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार चार अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५१ स्टकको चार अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँबराबरको एक करोड ३५ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

घलेम्दी हाइड्रो कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। माउन्टेन इनर्जीको करिब २६ करोड, कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य १२.४४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन स्नो रिभर्सको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस