असोज २६, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ महिला केन्द्रीय सदस्य पदको मतगणना जारी छ । हालसम्म एक हजार सात सय मत गणना भइसकेको छ । अहिलेसम्मको मत परिणामअनुसरा सांसदसमेत रहेकी वासना थापाले एक हजार २६१ मतसहित अग्रता बनाएकी छन् । उनलाई निमा गिरीले ९८८ मतसहित पछ्याइरहेकी छन् । सांसद उर्मिला थपलिया ९६९ मतसहित तेस्रो स्थानमा छिन् ।

खुलातर्फ १५ महिला केन्द्रीय सदस्य पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । हालसम्मको मतपरिणामअनुसार शीर्ष १५ भित्र पर्ने उम्मेदवारहरूमा वासना थापा, निमा गिरी, उर्मिला थपलिया, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, विनिता खड्का, सृजना अधिकारी, लक्ष्मी पाण्डे, कान्तिका सेजुवाल, मुना भुसाल, गगा दाहाल, चिनी पोखरेल, कल्पना तिवारी र उमा दाहाल छन् ।
अहिले कांग्रेसको खुलातर्फ दुई सहमहामन्त्रीका लागि मतगणना जारी छ । खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता बनाएका छन् ।