• २०८३ असार ११ गते बिहिवार

दाङको तुल्सीपुर देखि ५ किलो चरेशसहित ३ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

माघ १३, दाङ । तुलसीपुर उपमहानगरपालिका १३ बखरियाबाट आज करिब ४:०० बजे चरेश सहित रुकुम घर भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिषेश सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ५ के.जी चरेश सहित ३ जनालाई पक्राउ गरेको हो ।

चाेकाेफनकाे डब्बामा लुकाएर राखिएकाे अवस्थामा चरस फेला परेकाे थियाे ।

पक्राउ पर्नेमा रुकमुको मुसीकोट निबासी बर्ष ४०काे बहादुर बोहोरा,बर्ष २१काे अनिल पुन र आठविसकोट बर्ष २८काे हिम बस्याल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रति किलो २५ हजार रुपैयाँमा विक्री गर्न हिडेका उनिहरुलाई विशेष सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस