• २०८३ असोज २३ गते शुक्रवार

कांग्रेस महाधिवेशन : सभापतिका लागि खसेको मतको गणना आजै हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं ।  नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै हुने भएको छ । सभापतिका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने उनले बताए । नेपाली कांग्रेसका निर्विरोध निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ६.५० मा खुल्ला मञ्च स्थित तराई मधेस हलमा मतदान गर्दैछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस