असोज २०, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। काठमाडौं क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित शेर्पाले आदिवासी जनजाति क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी दर्ता गर्दै उनले कांग्रेसलाई समावेशी, युवा तथा खेलमैत्री पार्टीका रूपमा थप सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने र खेल क्षेत्रसँग सम्बन्धित मुद्दालाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाए ।
शेर्पा विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्।