• २०८३ असोज १७ गते शनिवार

वरिष्ठ पत्रकार लम्सालको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असोज १७, काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उहाँ फोक्सोको उपचार गराइरहनुभएको थियो ।
स्वर्गीय लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका पूर्वसभापति हुनुहुन्थ्यो ।  उहाँका दुई छोरा, दुई जना छोरी र श्रीमती हुनुहुन्छ ।
यसैबीच, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय  क्रियाशील उहाँले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिनुभएको बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस