• २०८३ कार्तिक ८ गते शनिवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, ७७ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ तथा मधेश र सुदूरपश्चिममा प्रदेशमा २, कोशी, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of map and text

त्यस्तै देशभर भएका दुर्घटनामा ७७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १५ जना घाइते भएका छन् भने कोशीमा २२ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ९ जना र गण्डकीमा ६ जना घाइते भएका छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस