• २०८३ असोज १५ गते बिहिवार

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, बझाङ । बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विहिबार बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा सुर्मा गाउँपालिका–४ का करिब २७ वर्षीय जिप चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित तीन जना सवार थिए । घाइते दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस