असोज ११, काठमाडौँ । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुन बढेर प्रतितोला दुई लाख ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलाको चार हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय २० रुपैयाँमा कारोबार भएको थियो ।