• २०८३ कार्तिक २५ गते मङ्गलवार

धादिङको जहरेखेतमा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, धादिङ । धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतमा पहिरोसहित विद्युत्को पोल ढलेपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ पहिरो खस्नुका साथै विद्युत्को पोल ढलेपछि सडकको दुवैतर्फ यातायात ठप्प भएको हो।

अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने तथा ढलेको विद्युत् पोल हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि मुग्लिन र काठमाडौं दुवैतर्फ जाने–आउने सवारीसाधन बाटोमै रोकिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस