• २०८३ असोज ५ गते सोमवार

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का दुई कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई आज साँझ पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन÷जाहेरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस