• २०८३ जेष्ठ २७ गते बुधवार

छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धन अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल

माघ ७, दैलेख । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानवता बिरुद्धको अपराधको अन्त्य गर्न सबै सरोकारबाला निकाय लागि परेको बताए । दैलेखको दुल्लु नगरपालिकामा छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धन अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताए ।

कार्यक्रममा स्वास्थ्य तथा राज्य मन्त्री नमराज रावतले मानब स्वास्थ्य को बारेमा गम्भीरता पुर्बक छलफल गर्न र छाउको अन्त्य आफुबाट सुरु गर्नुपर्ने बताएका छन् । दुल्लु अस्पताल लाई संघ सरकार मातहत राख्न दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले मागपत्र बुझाए । संविधान सभा सदस्य लक्ष्मी प्रसाद पोख्ररेल , माननिय राज बहादुर बुढा , माननिय पार्बती बिशुन्केले दुल्लु अस्पताल नेपाल सरकार मतहतमा राख्नु पर्ने धारणा राखेका छन । नेकपाको सदस्यले महिनाबारी बारे सदस्यता खारेज गर्ने प्रतिनिधिसभा सांसद रबिन्द्रराज शर्माको भनाइ छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लामा भएको समग्र छाउ को अवस्था र प्रहरी जनप्रतिनिधी मिलेर गरेको लामको जानकारी दिए । अन्तरक्रिया कार्यक्रम दुल्लु नगरपालिकाको आयोजनामा भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस