• २०८३ असोज २ गते शुक्रवार

ज्युँदो कुकुर जबर्जस्ती नदीमा फालिदिने महिला पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । बझाङमा ज्युँदो कुकुरलाई सेती नदीमा फालिदिने महिललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–१०,चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने सोही नगरपालिकाकी ४२ वर्षीया विमलादेवी रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार करिब दुई सातादेखि बिरामी रहेको कुकुरको शरीरको पछाडिको भागमा घाउ भएको र गन्ध आउन थालेपछि नदीमा फालिएको पाइएको छ । कुकुरले घर नजिकको बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि आफूले नदीमा फालिदिएको बयान प्रहरीमा दिएकी छन् ।

प्रहरीमा बयान दिएकी रोकायाले यसरी कारबाही हुन्छ भन्ने कुनै जानकारी नभएको र बिरामी कुकुरको उपचार सम्भव नभएपछि फालिएको बयान दिएको प्रहरी प्रदेश कार्यालयका प्रमुख डीआईजी सानुराम भट्टराईले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस