• २०८३ भाद्र ३१ गते बुधवार

तारकेश्वर चिसापानीमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । तारकेश्वर नगरपालिका–चिसापानी क्षेत्रमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार भएको दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री मघु भट्टलाई प्रारम्भिक उपचारका लागि तारकेश्वर सिटी हस्पिटल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि ग्रान्डी अस्पताल रिफर गरिएको थियो।

अस्पतालमा उपचार भइरहेका उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि जितपुर धर्मस्थली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक यमबहादुर थापाको नेतृत्वमा प्रहरी टोली, बालाजु प्रहरी वृत्तबाट मुचुल्का टोली तथा ट्राफिक प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी टोलीले घटनास्थलको आवश्यक मुचुल्का उठाउनुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

दुर्घटनाको कारण तथा घटनाको विस्तृत विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस