• २०८३ भाद्र ३१ गते बुधवार

२४ घण्टामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु, १८१ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने १८१ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार भदौ ३० गते २४ घण्टाको अवधिमा देशभर भएका विभिन्न सवारी दुर्घटनामा ठूलो जनधनको क्षति भएको हो। दुर्घटनामा सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मृत्य जना घाइते 9 जना गण्डकी प्रदेश मृत्यु ှဝ जना मिति ၃3 मदो 30 गते| २४ घण्टाको धाइते খ जना सवारी दुर्घटना बागमती प्रदेश मत्य ได जना घाइले 9၃ जना सुदरपश्चिम प्रदेश मत्य जना काठमाडी उपत्यका मृत्यયु जना धाइतो २५ जना धाइतે q4 जना कोशी प्रदेश मृत्य ၃ जना लूगिबनी प्रदेश मृत्य o जना घाइતે Q6 घाइते अ जना जम्मा मानवीय क्षति मृत्यु 96 जना घाइते 979 जना मघेश प्रदेश मृत्यु ได जना घाइते ৪२ जना विस्तृत विस्वतृतविवरणकमेन्म... विवरण कमेनटमा..'

प्रहरीको तथ्यांकअनुसार मधेश प्रदेशमा मात्रै ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। त्यस्तै, बागमती प्रदेशमा ६ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ जनाको मृत्यु र २६ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु र २५ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा १ जनाको मृत्यु हुँदा १५ जना घाइते भएका छन्।

यस्तै, कर्णाली प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा ३८ जना र गण्डकी प्रदेशमा ५ जना घाइते भएका छन्। यी तीन प्रदेशमा भने सो अवधिमा सवारी दुर्घटनाबाट मृत्यु भएको विवरण छैन।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस