माघ , ६ काठमाडौँ । सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । यूएईमा रहेको नेपाली दूतावासका अनुसार ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको छ ।

दूतावासकाअनुसार ५८ जनाको हृदयघात, मस्तिष्क पक्षघात तथा रक्सी पिएर ज्यान गएको हो । यस्तै १७ जनाले आत्महत्या गरेका हुन् भने पाँच जनाको हत्या भएको छ ।
त्यस्तै सडक दुर्घटनामा परेर, डुबेर र जलेर २३ जनाको ज्यान गएको दूतावासले जनाएको छ । दूतावासका अनुसार सन् २०१९ मा ज्यान गुमाएका सबैको शव नेपाल पठाइसकेको छ ।
पछिल्लो ७ वर्षमा यूएईमा ४ सय १४ पुरुष र ४३ महिला गरी ५ सय ५७ जना नेपालीको ज्यान गएको छ । सन् २०१८ मा १ सय ७, २०१७ मा ८४, सन् २०१६ मा ६६ र सन् २०१५ मा ६४ नेपाली श्रमिकको ज्यान गएको थियो । त्यस्तै सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जना श्रमिकले यूएईमा ज्यान गुमाएका थिए ।
दुर्घटना र जाँडरक्सी पिएर ज्यान गुमाउनेको संख्या बढेको र सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली रहेको तथ्यांकले देखाएको छ ।