• २०८३ जेष्ठ ४ गते सोमवार

आस्था प्रकरणमा प्रमोद भन्छन्, ‘अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ’

पढ्न लाग्ने समय : १ मिनेट

 माघ, ६ काठमाडौँ । गायक प्रमोद खरेलले गायिका आस्था राउत प्रकरणमा  अनुसन्धान दुइपक्षिय नै हुनु पर्ने बताएका छन ।

सामाजिक संजालमार्फत उनले लेखेका छन्–‘आस्थालाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । जहाँसम्म लाग्छ, यो निर्णय बाहिरिएको सिसिटिभी फुटेज भन्दा पनि उनले फेसबुक लाइभमा दिएको अभिव्यक्ती र त्यसमा प्रयोग भएका शब्दहरु नै हुन् । जुन आफैमा केही अस्वभाविक र कलाकारलाई सुहाउँदो छैन ।, दिनभर ड्यूटीले थकान भएर प्रहरीले यस्तै व्यवहार गरिन् होला पनि भन्न मिल्दैन । तसर्थ गल्तीको प्रतिशत जती जती भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ, एकपक्षिय होइन, यदि अघि बढ्ने नै हो भने ।’

प्रमोदले विगतदेखि नै प्रहरीले कलाकार र कलाकारले प्रहरीलाई गर्ने व्यवहार पवित्र भएको भन्दै एकाधन व्यक्तिगत घटनालाई समग्र प्रहरी क्षेत्रीसँग जोड्नु जोडाउनु दुर्भाग्य हुने पनि उल्लेख गरेका छन् । उनले आस्थालाई थप मानसिक कमजोर बनाउनुको सट्टा सचेत र परिपक्क भूमिका खेल्न प्रहरीसँग आग्रह पनि गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस