• २०८३ भाद्र ३० गते मङ्गलवार

जलवायु चुनौतीको समाधानमा साझा सङ्कल्प– मन्त्री चौधरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ ३०, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।
 मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आयोजना गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा,२०८३’ लाई यहाँ सम्बोधन गर्दा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।  उहाँले  हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढीपहिरोले प्राणी जगत्लाई ठूलो असर पुर्‍याइरहेको छ, भन्नुभयो ।
  मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढीपहिरो, नदीकटान, खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिनुभयो । उहाँले बढ्दो तापमानका कारण हिमाली क्षेत्रमा थप जोखिम बढेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस