• २०८३ जेष्ठ १७ गते आइतवार

मोरङको कटहरीमा डुबेको अबस्थामा शव फेला

पढ्न लाग्ने समय : १ मिनेट

माघ ६,विराटनगर ।  मोरङको ग्रामथान गाउँपालिका–३ मा पानी जमेको खाल्टोमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान एक जनाको शव फेला परेको छ ।

कटहरी गाउँपालिका–७ का ४५ वर्षीय विकास सरदारको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । उनकाअनुसार आइतबार साँझ घरबाट हिँडेका सरदार नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा कलर माझीको खेतमा रहेको पानी जमेको खाल्टोमा सोमबार बिहान शव फेला परेको हो ।

मापसे (मादक पदार्थ सेवन) गरेर हिँड्ने गरेका उनी चिप्लिएर खाल्टोमा परेको र बाहिर निस्कन नसक्दा मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस